Section 86I
बैङ्कको आदेशउपर पुनरावेदन गर्ने अधिकार
(१) दफा ८६ग., ८६घ., ८६ङ., ८६च. र ८६ज.  बमोजिम बैंकवा बैङ्कबाट नियुक्त अधिकारीले गरेको कुनै कार्य, आदेश, निर्णय वा कारबाहीउपर चित्त नबुझेमा त्यस्तो कार्य, आदेश, निर्णय वा कारबाहीउपर पन्ध्र दिनभित्र समितिसमक्ष पुनरावेदन गर्ने अधिकार त्यस्तो वाणिज्य बैंकवा वित्तीय संस्थाका शेयरधनीको प्रतिनिधिलाई मात्र हुनेछ । स्पष्टीकरणः यस दफाको प्रयोजनका लागि “शेयरधनीको प्रतिनिधि” भन्नाले तत्काल कायम रहेको चुक्ता पूँजीको कम्तीमा पच्चिस प्रतिशत शेयरको प्रतिनिधित्व हुनेगरी शेयरधनीहरुले आपूmमध्येबाट चुनेको ब्यक्ति सम्झनु पर्छ । (२) उपदफा (१) बमोजिमको अवधिभित्र तत्काल कायम रहेको चुक्ता पूँजीको कम्तीमा पच्चीस प्रतिशत शेयरको प्रतिनिधित्व नहुने गरी परेको पुनरावेदनउपर सुनवाई हुने  छैन । (३) उपदफा (१) बमोजिम बैङ्कसमक्ष पुनरावेदन परेकोमा सो पुनरावेदन प्राप्त गरेको मितिले तीस दिनभित्र समितिले सम्बद्ध प्रमाण, आधार र कारणहरु खुलाई बैंकवा बैङ्कले नियुक्त गरेको अधिकारीले गरेको कार्य, आदेश, निर्णय वा कारबाही, समर्थन, पुनरावलोकन वा बदर गर्न सक्नेछ । (४) उपदफा (३) बमोजिम गरिएको निर्णयको जानकारी समितिले पन्ध्र दिनभित्र सम्बन्धित शेयरधनीको प्रतिनिधिलाई दिनु पर्नेछ । (५) उपदफा (३) बमोजिम बैंकवा बैङ्कले नियुक्त गरेकोे अधिकारीले गरेको कार्य, आदेश, निर्णय वा कारबाही समितिले बदर गरेकोमाबाहेक त्यस्ता काम कारबाहीहरु यथावत कायम रहनेछन् । (६) शेयरधनीको प्रतिनिधिको पुनरावेदनउपर उपदफा (३) बमोजिम समितिले गरेको निर्णय अन्तिम हुनेछ ।